चौध दिने पावर टिलर र मिनी टिलर मर्मत तथा तालिम सम्पन्न


काठमाडौँ । नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) को आयोजनामा दुई हप्ते कृषि मेशिनरी औजार (पावर टिलर र मिनी टिलर) मर्मत तथा संचालन सम्बन्धी तालिम सम्पन्न भएको छ ।

कृषि विभाग अन्तर्गतको कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रिकरण प्रवर्द्धन केन्द्र सँगको सहकार्यमा सुरु भएको तालिम सोमवार सम्पन्न भएको हो । सोमबार एक कार्यक्रमकाबिच सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।

काठमाडोँको किर्तिपुरमा सम्पन्न तालिममा २ जना महिलासहित २२ जनाको सहभागिता रहेको थियो । सहभागीले १४ दिनसम्म सैद्धान्तिक तथा व्यवहारिक रुपमा कृषि यन्त्र संचालन तथा मर्मतको सीप सिकेका छन् ।

सरकारी र नीजि क्षेत्रको सहभागितामा यस्तो तालिमको पहिलो पटक आयोजना गरिएको हो । तालिमले कृषि यान्त्रिकरणमा नयाँ कोषेढुंगाको भूमिका खेलेको नामियाका अध्यक्ष कृष्ण शर्माले बताए ।

शर्माले भने, “नेपालको कृषिको यान्त्रिकरणका लागि देशभर प्रयाप्त मात्रामा कृषि यन्त्रहरु प्रयोग गर्ने क्रम बढीरहेको छ । यन्त्र विग्रपछि बनाउन अभाव रहेको जनशक्तिको आपूर्तिका लागि यो तालिमले महत्वपूर्ण खेलेको छ ।”

नेपाल कृषि अनुसन्धान परिषद (नार्क) लगायतका अनुसन्धान तथा औजार प्रयोग भइरहेका क्षेत्रमा पुगेर मर्मत सम्हार गर्न व्यवहारिक रुपमा सिकाइएको थियो ।

देशभर ५० हजार बढी किसानले पवार टिलर र २ लाख बढीले मिनी टिलर प्रयोग रहेको तथ्यांक छ । आवश्यकता अनुसार प्रदेश स्तरमा कृषि यन्त्र संचालन तथा मर्मत तालिमको आयोजना गर्ने योजना रहेको नामियाका महासचिव अर्जुन लुँइटेलले बताए ।