टर्कीको वैदेशिक व्यापार घाटा मार्चमा १२ प्रतिशतले घट्याे


काठमाडौँ । टर्कीको वैदेशिक व्यापार घाटा एक वर्ष अघिको मार्चमा १२.४ प्रतिशतले घटेर ७.३ बिलियन अमेरिकी डलरमा पुगेको छ ।

जनवरी–मार्च अवधिमा वैदेशिक व्यापार घाटा ३४.७९ बिलियन डलरबाट ४१.५ प्रतिशतले घटेर २०.३४ बिलियन डलर पुगेको टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्यांकले देखाएको छ ।

अघिल्लो वर्षको सोही महिनाको तुलनामा मार्चमा मुलुकको निर्यात ४ दशमलव १ प्रतिशतले घटेर २२ अर्ब ५७ करोड डलर पुगेको छ भने आयात ६ दशमलव ३ प्रतिशतले घटेर २९ अर्ब ९ करोड डलर पुगेको छ ।

टर्कीको वार्षिक वैदेशिक व्यापार घाटामा भएको सुधार आठ महिनादेखि निरन्तर जारी रहेको टर्कीका अर्थमन्त्री मेहमेट सिमसेकले मंगलवार बताए ।