नार्क र पशु तथा मत्स्य अनुसन्धान केन्द्रकाे आयोजनामा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न


काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद्(नार्क) र पशु तथा मत्स्य अनुसन्धान केन्द्रकाे आयोजनामा दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वैशाख १६ र १७ गते मत्स्य अनुसन्धान तथा विस्तार अन्तरक्रिया कार्यक्रम मत्स्य अनुसन्धान केन्द्र, गण्डकी प्रदेश, बेगनास, कास्कीमा सम्पन्न भएको हो ।

नेपाल कृषि अनुसन्धान परिषदद्वारा बंगुर तथा मत्स्य अनुसन्धानबाट बिकसित प्रबिधिहरूबारे जानकारी दिन तथा यसको विस्तारबारे छलफल गर्ने उदेश्यले उक्त कार्यक्रम सञ्चालन गरिएकाे नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा. दोजराज खनाल बताए ।

उक्त जीवहरूकाे प्रजनन, स्वास्थ्य र आहारा अनुसन्धानमा बिकसित प्रबिधि तथा यस सम्बन्धमा भएका चुनौती, बाधा र सम्भाव्यता तथा वर्तमान अवस्थाबारेमा १३ वटा कार्यपत्रहरु प्रस्तुति गर्नुका साथै सो सम्बन्धमा बृहत छलफल गरिएको थियो ।

नार्कका पशु तथा मत्स्य अनुसन्धान निर्देशक खनालको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव (पशुपंक्षी तर्फ) डा. रेवती रमण पौडेल, बिशेष अतिथि कृषि तथा भुमि ब्यबस्था मन्त्रालय, गण्डकी प्रदेशका सचिब डा। टंक प्रसाद प्रसाई रहेका थिए ।

त्यस्तै कार्यक्रममा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिब डा। सुर्य प्रसाद पौडेल, नार्कका योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डे लौडारी, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय, गण्डकी प्रदेशका महानिर्देशक डा. प्रेरणा प्रसाई, कृषि अनुसन्धान निर्देशनालय, लुम्बिनी प्रदेशका निर्देशक डा. समिद अहमद, कृषि अनुसन्धान निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक, प्रनिल केसी, लगायतको सहभागिता रहेको थियो ।