टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित


काठमाडौँ । टक्सार म्यागजिनका प्रधानसम्पादक गजेन्द्र बुढाथोकी प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित भएका छन् ।

काठमाडौँमा सुरु भएको नेपाल पत्रकार महासंघकाे २७ औँ महाधिवेशनका अवसरमा प्रधानसम्पादक बुढाथोकीलाई प्रेस स्वतन्त्रता सेनानी सम्मान प्रदान गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढाथोकीलाई कार्यक्रमकाबिच सम्मान गरे । बुढाथोकी २९ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन् ।