राजश्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा


काठमाडौँ । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढालाई जिम्मेवारी दिएको छ। बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए।

यसअघिका राजश्वका महानिर्देशक नवराज ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बुढालाई विभागको महानिर्देशक बनाएका हुन्।