फेरि बढ्यो अण्डाको मूल्य, कति पुग्यो ?


काठमाडौँ । नेपाल लेयर कुखुरापालक संघले अण्डाको मूल्य बढाएको छ । आज (आइतबार) संघको बैठकले भोलि (सोमबार) देखि लागू हुनेगरी अण्डाको मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार मिडियम साइजको अण्डा प्रतिक्रेट ३५० रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ४१० रुपैयाँ पर्नेछ ।

यसअघि गत वैशाख २० गते मिडियम साइजको अन्डा प्रतिक्रेट ३३० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यस्तै, ठुलो अण्डा प्रतिक्रेट ३७५ रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ३९५ रुपैयाँ निर्धारण गरेको जनाएको थियो । संघले मूल्य घटाएकाे एक हप्ता नपुग्दै अण्डाकाे मूल्य बढाएका हाे ।