टाटा जेन्युइन स्पेयर पार्टको मूल्य घट्यो


काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङले ग्राहकहरूको चाहना र अपेक्षालाई मध्यनजर गर्दै टाटाका जेन्युइन पार्टहरूको मूल्य समायोजन गरेको छ।

अब सिप्रदीको सम्पूर्ण सर्भिस सेन्टरहरूमा ग्राहकहरूले पहिलेको दाँजोमा कम मूल्यमा टाटा जेन्युइन पार्ट प्राप्त गर्न सक्नेछन्।

सिप्रदीको ग्राहकमुखी अवधारणा अनुरुप टाटा जेन्युइन पार्टको मूल्य घटाइएको हो।

अब टाटा कमर्सियल गाडीका ग्राहकहरूले सिप्रदीका वर्कशपहरूमा अनुभवी तथा दक्ष प्रविधिकहरूबाट गाडीको चेकजाँच गर्दा कम खर्चमा टाटा जेन्युइन पार्टको प्रयोगबाट गुणस्तरीय सर्भिसिङ तथा मर्मत कार्यको फाइदा उठाउन सक्ने कम्पनीले जनाएकाे छ ।

यस मूल्य समायोजनपछि ग्राहकले आफ्नो गाडीको सञ्चालन खर्चमा ३० प्रतिशतको बचत प्राप्त गर्न सक्नेछन्। वैशाख २३ गते बाट नै सम्पूर्ण सर्भिस सेन्टरहरूमा नयाँ मूल्य लागू भएको कम्पनीको भनाइ छ।