आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने म्यान्मारको लक्ष्य



म्यानमारले आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने लक्ष्य राखेको छ । म्यानमारले अप्रिलमा शुरु भएको आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने लक्ष्य राखेको म्यानमार रबर प्लान्टर्स एण्ड प्रोड्युसर एशोसिएशनका एक अधिकारीले बताए ।

म्यानमारबाट निर्यात हुने अधिकांश रबर चीन, मलेसिया, इण्डोनेसिया, सिंगापुर, भियतनाम, जापान र भारतका लागि हुने गरेको छ । मोन राज्य म्यानमारको सबैभन्दा धेरै रबरको रूख भएको क्षेत्र हो । त्यसपछि तनिन्थरी क्षेत्र, केइन राज्य, बागो क्षेत्र, यांगुन क्षेत्र, अय्यरवाडी क्षेत्र, शान राज्य, काचिन राज्य, सागिङ क्षेत्र र राखिन राज्य पर्दछन् ।

अन्तर्राष्ट्रिय लगानी रबरको गुणस्तर अभिवृद्धि र उत्पादन सुविधा स्थापना गर्न प्रयोग गरिनेछ । आर्थिक वर्ष २०२३–२४ मा म्यानमारले करिव २ लाख टन रबर निर्यात गरेको थियो ।