योग ध्यान पर्यटन प्रवद्र्धन गरिने


काठमाडौँ । सरकारले योग ध्यान पर्यटन प्रवद्र्धन गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योग र ध्यानको सन्देश विश्वभर फैलाउने गरी योग ध्यान पर्यटन प्रवद्र्धन गरिने बताएका हुन् ।

सार्वजनिक प्रशासन शिक्षा, स्वास्थ्य पर्यटन र सामाजिक विकासको क्षेत्रमा योग ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतीलाई मूल प्रवाहीकरण गरि स्वाभिमान समाज निर्माण गर्न संघ प्रदेश र स्थानीयस्तरमा योग र ध्यानको स्वजागरण अभियान सञ्चालन गरिने उनले बताए ।