१६औँ पञ्चवर्षीय योजनाको लक्ष्यः ५ वर्षमा प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने


काठमाडौं । राष्ट्रिय योजना आयोगले सोह्रौँ आवधिक योजना सार्वजनिक गरेको छ । यो योजनामा अबको पाँच वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी २ हजार ३ सय ५१ डलर पुर्‍याउने लक्ष्य लिइएको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले १६ औँ योजना ९२०८१र८२–२०८५र८६० स्वीकृत गरेको हो। सरकारले आगामी आर्थिक वर्ष २०८५ ८६ मा ७.३ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । हाल नेपालको आर्थिक वृद्धिदर ९२०७९र८०० ३.९ प्रतिशत छ।

देशको अर्थतन्त्रको आकार १०३ खर्ब पुर्‍याउने लक्ष्य सहित आएको १६ औ योजनाले गरिबीको रेखामुनि रहेको जनसंख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशत रहेकामा १२ प्रतिशतमा झार्ने लक्ष्य छ।

त्यसैगरी उपभोक्ता मुद्रास्फीति ७।७ प्रतिशत रहेकामा त्यसलाई ५ प्रतिशतमा झार्ने, मानव विकास सूचकांक हाल ०।६०१ रहेकामा ०।६५० पुर्‍याउने, मानव सम्पत्ति सूचकांक ७६।३ रहेकामा त्यसलाई ७८ पुर्‍याउने, आर्थिक तथा वातावरणीय जोखिम सूचकांक २९।७ रहेकामा २४ मा सीमित गर्ने, अपेक्षित आयु ९जन्म हुँदाको० हाल ७१.३ वर्ष रहेकामा ७३ वर्षमा विस्तार गर्नेजस्ता लक्ष्यहरु पञ्चवर्षीय योजनामा राखिएका छन्।