कृषि सचिवमा राजेन्द्र मिश्र


काठमाडौँ । सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवमा राजेन्द्र मिश्रसहित दुई जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्रसहित मधेश प्रदेशका कामु सचिव लोकनाथ पौड्याललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव बढुवा सिफारिस समितिले प्रशासन सेवातर्फ रिक्त एक सचिव (विशिष्ट श्रेणी) र कृषि तथा वन कलष्टरतर्फ सचिव (विशिष्ट श्रेणी) पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको थियो।

कृषि तथा वन सेवा समूहमा कृषितर्फका सहसचिवहरु सञ्जीवकुमार कर्ण, सबनम शिवाकोटी अर्याल र राजेन्द्रप्रसाद मिश्रको नाम सिफारिस गरिएको थियो ।