मौद्रिक नीति समिक्षा: हायर पर्चेज कर्जाको जोखिमभार घट्याे (पूर्णपाठ)


काठमाडौँ । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिमभार घटाएको छ । राष्ट्र बैंकले आर्थिक वषए २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा सार्वजनिक गर्दै हायर पर्चेज कर्जाको जोखिमभार घटाएको हो ।

हायरपर्चेज कर्जाको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरेको छ । यसले घर गाडी किन्नेहरुको लागि सहज हुनेछ । राष्ट्र बैंकले भनेको छ, “बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ ।”

यस्तै, असल कर्जाको कर्जा नोक्सानी व्यवस्था पनि घटाएको छ । राष्ट्र बैंकले असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशत रहेकोमा त्यसलाई घटाएर १.२० प्रतिशत कायम गरेको हो ।