काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई प्रहरीले नियन्त्रणमा लिएर सुरक्षित स्थानमा पठाएको जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार राणालाई सम्भावित सुरक्षा जोखिमका कारण महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो। उनलाई राणाकै रोजाइको सुरक्षित स्थानमा पठाइएको प्रहरीले जनाएको छ।
राणालाई आइतबार बिहान करिब ३ बजे प्रहरीले निवासबाट टेकुस्थित कार्यालयमा ल्याएको थियो। सुरुमा उनलाई पक्राउ गरिएको समाचार सार्वजनिक भए पनि प्रहरीले पछि सुरक्षा चुनौतीका कारण सुरक्षाका लागि नियन्त्रणमा लिएको स्पष्ट पारेको थियो।
प्रहरीले सुरक्षा चुनौतीको स्रोत र राणालाई पठाइएको स्थान भने खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस्