फोटो पत्रकार पूर्णिमा श्रेष्ठ एक सातामै दोस्रोपटक सगरमाथाको चुचुरोमा


काठमाडौँ । फोटो पत्रकार तथा पर्वत आरोही पूर्णिमा श्रेष्ठले एक सातामै दुईपटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्।

श्रेष्ठले आज (आइबार) बिहान ३ बजेर ५ मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी हुन् । उनी यसअघि आठ दिनपहिला मे १२ मा दोस्रोपटक सगरमाथाको सफल आरोहण गरेकी थिइन्।

त्यसको एकसातामै उनी दोस्रोपटक सगरमाथा शिखरमा पुगेकी हुन्। आठ हजार मिटरभन्दा माथि आठ अग्ला हिमाल आरोहण गरेको श्रेष्ठले यो यस वर्ष आइबार० बिहान ३ बजेर पाँच मिनेट जाँदा तेस्रोपटक सगरमाथा शिखर चुमेकी हुन् ।

श्रेष्ठले सन् २०१८ मा पहिलो पटक सगरमाथा आरोहण गरेकी थिइन्। विश्वका ८ हजार मिटरभन्दा माथिका १४ वटा हिमाल आरोहण अभियानमा रहेकी श्रेष्ठले गएको साउनका पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो हिमाल के–टुको सफल आरोहण गरेकी थिइन्।