राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता सम्बन्धी प्रस्ताव स्वीकृत


काठमाडौँ । प्रतिपक्षी दलको विरोधबिच राजनीतिक दलसम्बन्धी विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको बहुमतले स्वीकृत गरेको छ ।

राजनीतिक दलसम्बन्धी दोस्रो, संशोधन, २०८० फिर्ता लिने प्रस्ताव पेस गर्न गृहमन्त्री रवि लामिछाने मार्सल लगाएर रोष्ट्रम पुगेका थिए ।

जेठ ३ गतेको मन्त्रिपरिषद् बैठकले विधेयक फिर्ता लिने निर्णय गरेको उनले जानकारी गराए । प्रस्ताव पेस भएपछि सभामुख देवराज घिमिरेले विरोधका लागि समय दिएका थिए ।

सभामुख घिमिरेले विरोधको सूचना प्राप्त नभएको भन्दै विधेयक फिर्ता लिने प्रस्ताव बहुमतले स्वीकृत भएको बताए ।