कामीरिताको नयाँ कीर्तिमान, ३० औँ पटक सगरमाथाको चुचुरोमा


काठमाडौँ । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् । उनी आज बिहान ७ बजेर ४९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन् ।

कामीरिता शेर्पाले ३० औँ पटक सगरमाथा शिखरमा पाइला टेकेर नयाँ कीतिर्मान कायम गरेका हुन । उनले यसअघि १२ मे मा आफ्नै रेर्कड तोड्दै २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । शेर्पाले १० दिनपछि पुन आफ्नै रेकर्ड तोड्दै ३० औँ पटक सगरमाथा शिखरमा पाइला टेकेका हुन ।

सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ ।

गत वैशाख २८ गतेदेखि यो वर्षको आरोहण सुरु भएको हो । आरोहणका लागि ४१ आरोही समूहका ७५ महिला र ३३९ पुरुषसहित ४१४ जनाले अनुमति लिएका छन् ।

वसन्त ऋतुको जारी आरोहणमा उनले यसअघि धेरैपटक सगरमाथाको सफल आरोहण गरेर आफ्नै नाममा रहेको कीर्तिमान तोडेका हुन् ।