प्रधानमन्त्री प्रचण्ड देउवा भेट्न बूढानीलकण्ठ पुगे


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर भेट्न बूढानीलकण्ठस्थित देउवा निवास पुगेका छन् ।

संसदको गतिरोध हटाउने विषयमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्ड देउवा भेट्न बूढानीलकण्ठ पुगेका हुन्। सहकारीको बचत अपचलन छानबिन गर्न संसदीय समिति गठनको माग राख्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरोध गर्दै आएको छ।

समिति गठन गर्ने विषयमा दलहरुबिच सहमति भए पनि त्यसको कार्यादेश (टीओआर) को विषय भने टुंगो लाग्न सकेको छैन । प्रधानमन्त्री ‘प्रचण्ड’ र सभापति देउवाबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यसैबीच सहकारी ठगीका आरोपित उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसहित ठगीमा संलग्नहरूलाई कारबाही र सर्वसाधारणको वचत फिर्ताको माग गर्दै विपक्षी दल नेपाली काँग्रेसले आज विरोध प्रदर्शनको तयारी गरेको छ ।