बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमती बन्छः प्रधानमन्त्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानविन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानविन समिति गठनको लागि सहमतीमा पुगिने बताएका हुन् ।

उनले आफूले संसदमा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आईतवार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने उनकाे भनाइ छ । 

उनले संसदीय समिति गठनमा सहमती भइसकेको उल्लेख गर्दै टिओआरमा पनि सहमतीको नजिकै पुगेको जानकारी दिए ।