फागुनसम्म ३५ सय मेट्रिक टन मह उत्पादन


काठमाडाैँ । चालु आर्थिक वर्ष २०८०\ ८१ को फागुनसम्म ३५ सय मेट्रिक टन मह उत्पादन भएकाे छ ।

आर्थिक सर्वेक्षणका अनुसार गत आर्थिक वर्ष ४३०० मेट्रिक टन मह उत्पादन भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्ष अन्त्यसम्म मह उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले वृद्धि भइ ४ हजार ३८० मेट्रिक टन पुग्ने अनुमान रहेकाे छ ।

हाल देशभरी करिब १६ हजार ५ सय किसानहरूले मेलिफेरा र सेरेना जातको मौरीपालन व्यवसायीक रूपमा गरिरहेका छन् । देशभर रहेका ३ लाख ५० हजार मौरीगोलामा सरदर प्रति गोला एपिस मेलिफेरामा ३० देखि ३५ किलोग्राम र एपिस सेरेनामा ८ देखि १५ किलोग्रमको दरले मह उत्पादन भएको छ ।