७० जिल्लामा पशु कृत्रिम गर्भाधानको सेवा विस्तार


काठमाडाैँ । हालसम्म देशभरका ७० जिल्लामा गाई, भैँसी, बाख्रा लगायतका पशुमा कृत्रिम गर्भाधानको सेवा विस्तार भएको छ ।

आर्थिक सर्वेक्षण २०८०\८१ का अनुसार बोयर बाख्राको माग बढेको कारण बाख्राको कृत्रिम गर्भाधान मार्फत नश्र्ल सुधारमा थप सहयोग पुगेको छ ।

लम्पी स्किन रोगको देशव्यापी सङक्रमणका कारण किसानहरुबाट गाईँभैसीको कृत्रि गर्भाधानको मागमा कमी आएको कारणले गाईँभैँसीमा गरिने कृत्रिम गर्भाधान सङ्ख्यामा भने सामान्य गिरावट आएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७९\०८० मा पशु नश्र्ल सुधारका लागि ९ लाख ८७ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भई ७ लाख ११ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म ५ लाख ५ हजार डोज साँढे र राँगाको वीर्य उत्पादन भएको छ ।

साथै ४ लाख ३२ हजार पशुमा कृत्रिम गर्भाधान गराइएको छ भने १ लाख ३१ हजार तरल नाइट्रोजन उत्पादन तथा वितरण गरिएको छ ।