भृकुटीमण्डपबाट उठ्न बाकीँ झन्डै ७ करोड रकम उठाउन समाज परिषद्लाई महालेखाकाे निर्देशन


काठमाडौँ । महालेखा परिक्षकको कार्यालयले समाज परिषद कार्यालयलाई भृकुटीमण्डपबाट उठ्न बाकीँ झन्डै ७ करोडभन्दा बढी रकम उठाउन निर्देशन दिएको छ ।

महालेखापरीक्षकको कार्यालयले हिजो (आइतबार) सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदनअनुसार भृकुटीमण्डप सञ्चालन कार्यालयले उपलब्ध गराएको विवरण अनुसार २०८० आषाढ मासान्तमा ५१ संघसंस्थाको रु ६ करोड ८१ लाख ९८ हजार असुल गर्न बाँकी रहेको छ । २०७९ आषाढ मासान्तसम्मा भाडाबापत ५ करोड ८२ लाख ६४ हजार रहेकाे प्रतिवेदनमा उल्लेख छ ।

परिषद्को आर्थिक प्रशासन नियमावली, २०५० को नियम ६२ (४) मा परिषद्ले आफ्नो स्वमित्वमा रहेका एंव भोगधिकार प्राप्त गरेको भवन, जमिन र उपकरण निर्धारित प्रक्रिया अपनाई भाडामा दिनसक्ने व्यवस्था छ ।

उठ्न बाँकी रकम बढ्दै गएकोमा २०७९\ ०८० मा रु ३ लाख ८६ हजारमात्र बक्यौता असुली भएकाले ब्याजसमेत हिसाब गरी उक्त रकम असुल हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।