कर्जाको माग भएपनि लिने वातावरण छैन : राजेश कुमार अग्रवाल


काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआइ)का अध्यक्ष राजेश कुमार अग्रवालले बैंक तथा वित्तिय संस्थामा कर्जाको माग घटेको भन्दा पनि उद्योगी व्यवसायीहरुले थप कर्जा नलिएकोले बैंकमा पैसा थुप्रिएको बताएका छन् ।

पछिल्लो समयमा निजी क्षेत्रले जाना जान बैंक तथा वित्तिय संस्थाबाट कर्जा नलिएको दावी गर्दै उनले लगानीको वातावरण नभएकोले उद्योगी व्यवसायीहरु थप लगानी गर्न तयार नभएको र सोही कारण कर्जाको मागमा कमी आएको बताए ।

महिला आर्थिक पत्रकार संघसँगको अन्र्तरक्रियामा बोल्दै अग्रवालले पछिल्लो समयमा उत्पादनमुलक कम्पनीहरु थप लगानीको लागि उत्साहित नभएको साथै नियामकीय व्यवस्थाका कारण पनि बैंकमा रकम थुप्रिएको जानकारी दिए ।

उनले भने, ‘सरकारले बारम्बार कुल जिडिपीको ९० प्रतिशत रकम निजि क्षेत्रले चलाएको तर सोही अनुसारको प्रतिफल नआएको तथ्यांक प्रस्तुत गरिरहेको छ । तर सरकारी दावी अनुसार निजी क्षेत्रले सो कर्जा चलाएको छैन ।’ करिव ५० खर्ब कर्जा निजी क्षेत्रले चलाएको दावी गरिएपनि अधिकांश रकम घरजग्गामा नै गएको अग्रवालको दावी छ ।

‘जवसम्म कर्पौरेट कर्जा र घरजग्गा कर्जा छुट्टा छुट्टै शिर्षकमा हुदैनन् तवसम्म उत्पादनमुलकमा कति गयो र कति प्रतिफल आयो भन्ने लेखाजोखा गर्न सकिदैन । त्यसैले अहिले कर्जाको तुलनामा प्रतिफल नआएको भन्ने तर्क नै गलत छ ।’ अग्रवालले भने । ‘हाल बैंक तथा वित्तिय संस्थामा करिव ६ खर्बजति रकम रहेको छ, तर नियामकीय व्यवस्थाका कारण बैंकहरुले थप कर्जा दिन सक्ने अवस्था छैन’ उनले भने ।

अध्यक्ष अग्रवालका अनुसार लगानीमैत्री वातावरण नहुदा एकातिर उद्योगी व्यवसायी थप कर्जा लिन चहदैनन्, भने अर्कोतर्फ अर्कोतर्फ नियामकीय व्यवस्थाका कारण बैंकसँग पर्याप्त रकम भएपनि कर्जा लगानी गर्न सकिरहेका छैनन् । ‘उद्योगधन्दा फस्टाउनका लागि नीतिगत स्थिरतासँगै समयअनुसारको नीतिगत परिमार्जन पनि आवश्यक पर्छ, तर विडम्वना नेपालमा दुवै हुदैन’ उनले भने ।

पछिल्लो समयमा खराव कर्जा बढ्दै जादा पुँँजी पर्याप्तता अनुपात ९सिएआर० कम हुदै गएको छ । नेपाल राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार खरावकर्जा ५ प्रतिशत भन्दा बढी हुन नहुने साथै सिएआर न्युनतम ८.५ भन्दा कम हुनु हुदैन । सिएआर ८.५ प्रतिशत भन्दा तल गएका बैंकहरुले थप लगानी गर्न पाउदैनन् ।