‘दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन’ विषयक वक्तृत्वकला सम्पन्न


काठमाडौँ । विश्व दुध दिवसको पूर्वसन्ध्यामा नेपाल डेरी एसोसिएसनले वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार नेपाल डेरी एसोसिएशनको आयोजना एवं सरोकारवाला निकायहरूको संलग्नतामा “दूध तथा दुग्ध पदार्थको सेवन, दुग्ध व्यवसायको प्रवद्र्धन” विषयक वक्तृत्वकला प्रतियोगिता र दुधपान कार्यक्रम गरिएको थियो ।

१४औं दुध दिवसको अवसरमा एसोसिएसनको आयोजनामा आज स्वयम्भु, भगवानपाउ स्थित त्रिरत्न आवासिय विद्यालयमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगितामा १५ बिद्यालयबाट ३० जना विद्यार्थीहरूले भाग लिएका थिए । कार्यक्रममा उपस्थित विद्यालयहरूबाट सहभागी हुने विद्यार्थीहरू मध्यबाट उत्कृष्ट पाँच प्रथम, द्वितीय, तृतीय, चतुर्थ र सान्त्वना पुरस्कार प्रदान गर्ने नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले बताए ।

सो प्रतियोगितामा मिलन धर्मस्थली स्कुलकी कृष्टिना सिम्खडा प्रथाम भएकी छिन् । गोल्डेन गार्डेन स्कुलकी अमृता राना द्वितीय, पद्मकन्या मा।विकी मदिमा न्यौपाने तृतीय, अनमोल ज्योति स्कुलका मृदुला अर्याल र मेघा पब्लिक स्कुलका बिबेक ढुंगाना सान्त्वना पुरस्कार प्रदान गरिएको छ ।

एसोसिएनका अध्यक्ष दाहालले कार्यक्रम समापनमा यस्ता कार्यक्रमहरू हरेक स्कुलमा हरेक वर्ष गर्दै जाने र स्कुलहरुमा दूध तथा दुग्ध पदार्थको वितरण गरी अन्य पेय पदार्थभन्दा दूध, महि, दहि, लस्सी सेवन गर्नको लागि आह्वान गर्दै नेपाल डेरी एसोसिएसन सधैं दुग्ध क्षेत्रको प्रबर्द्धनमा लागिरहेको बताए ।