मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?


काठमाडौँ। मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला १ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार ४०० रुपैयाँले बढेर १ लाख ३७ हजार ६०० रुपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९५० रुपैयाँ कायम भएको छ ।

यस्तै, चाँदी प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ ।