सुनकोशी मरिन डाइभर्सन निर्माण गर्न ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सुनकोशी मरिन डाइभर्सन निर्माण गर्न ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन गरिएको बताएका छन् ।

आर्थिक वर्ष २०८१/८२ वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले मध्य तराईको पाँच जिल्लाको एक लाख २२ हेक्टर जमिनमा भरपर्दो सिञ्चाई सुविधा पुर्याउन सुनकोशी मरिन डाइभर्सन बहुउदेशिय आयोजनाको हेडवर्कस् पावर हाउस लगायतका संरचना निर्माण गर्न ३ अर्ब १२ करोड रुपैयाँ विनियोजन बताएका हुन् ।