सिक्टा सिँचाइको लागि १ अर्ब ६० करोड विनियोजन


काठमाडौं । सरकारले सिक्टा सिँचाइको लागि १ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ । आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले सरकारले आगामी आर्थिक वर्षमा १५ हजार ५७१ हेक्टर क्षेत्रफलमा सिँचाइ विस्तार गरिने घोषणा गरेका छन् ।

आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले रानीजमराकुलरीया सिंचाइ अन्तर्गत १४ हजार ९ सय हेक्टर क्षेत्रमा प्रथम चरणमा सिंचाइ आयोजना सुरु गरिने घोषणा गरेका हुन् ।

सिक्टाको क्षेत्र विस्तार गर्न डुडुवा र नरैनापुर शाखा नहरको निर्माण गरिने सरकारले जनाएको छ ।

त्यस्तै बजेटमा बबई सिंचाइ अयोजना पूर्वी तथा पश्चिममा मुल नहरबाट शाखा विस्तार गरेर थप १ हजार हेक्टरमा सिँचाई गर्न यसको लागि १ अर्ब ७९ करोड बजेट विनियोजन भएको छ ।