डोनाल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर


काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा दोषी ठहर गरेको छ ।

न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै आरोपहरुमा दोषी ठहर्‍याएको छ । उनी ३४ वटा जघन्य अपराधका मुद्दाहरूमा दोषी ठहर भएका हुन ।

अमेरिकाको इतिहासमा ट्रम्प जघन्य आरोप लागेको र आरोप पुष्टि भएको पहिलो पूर्वराष्ट्रपति बनेका छन्। दोषी ठहर भएका ट्रम्पलाई सजाय भने जुलाई ११ मा तोकिने भएको हो ।

ट्रम्पले सन् २०१६ को राष्ट्रपति निर्वाचनताका पूर्व पोर्नस्टार स्टोर्मी ड्यानियललाई आफूहरूबिच भएको यौन सम्बन्ध गुपचुप राख्न १ लाख ३० हजार डलर पैसा दिएको आरोप लागेको थियो ।

ट्रम्प नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार हुन् । उनी दोषी ठहर भएपनि जेलबाटै चुनाव लड्न पाउँनेछन् । अमेरिकामा जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्ने व्यवस्था छ ।