फ्लोरिकल्चर एसोसिएसनको आयोजनामा त्रिभुवन पार्कमा फूलको विरुवा रोपियो (फोटो फिचर)


विश्व वातावरण दिवसको अवसरमा काठमाडौँको थानकोटस्थित त्रिभुवन पार्कमा वृक्षारोपण गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा चार दर्जन बढी फूलका विरुवा रोपिएको हो ।

क्यालेन्द्रा, करबिर, टेकोमा, फ्लावरिङ्ग पिच, वगनवेली, विस्टेरिया, बेगाेनिया भेनेष्ट लगायतका पुष्पजन्य विरुवा रोपिएको हो ।हरेक वर्ष जुन ५ तारिखका दिन मनाउँदै आइएको विश्व वातवरण दिवसको यो वर्षको नारा ‘हाम्रो भूमिः हाम्रो भविष्य’ रहेको छ। नेपालमा पनि विभिन्न संघसंस्थाहरुको आयोजनामा विभिन्न कार्यक्रम गरेर मनाइँदैछ ।

Skip This