कम्पनी नवीकरण नगरे चरणबद्ध आन्दोलनमा उत्रने क्रसर व्यवसायीको चेतावनी


काठमाडौँ । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले असरा १ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी उनीहरूले नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरुले क्रसर, खानी तथा वालुवा उद्योगहरुको नविकरण नभए असार १ गतेदेखि देशभरका क्रसर, खानी तथा बालुवा उद्योग एवं बिक्री वितरण अनश्चित कालका लागि बन्द गर्नै चेतावनी दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव पुरुषोत्तम रेग्मीले क्रसर, खानी तथा वालुवा उद्योगहरूको नविकरण नभए असार १ गतेदेखि देशभरका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरूको उत्पादन तथा बिक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने चेतावनी दिए ।

उनले भने, “नेपाल सरकारबाट कानून बमोजिम दर्ता भई ईजाजतरअनुमति लिई सञ्चालनमा रहेका क्रसर, खानी तथा वालुवा उद्योगहरु २०८१ जेष्ठ ३२ गते भित्र नविकरण गर्न नेपाल सरकारबाट मातहतका निकायहरुलाई लिखित स्पष्ट निर्देशनरनिर्णय नभएको खण्डमा यस महासंघ बाध्य भई २०८१ असार ०१ गतेदेखि हाम्रा देशभरका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरुको उत्पादन तथा विक्री वितरण कार्य ठप्प गरी अनिश्चित कालको लागि बन्द गर्ने र हाम्रा उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने निर्णय भएको व्यहोरा समेत जानकारी गराउँछौं।”

क्रसर व्यवसायीहरूले लामो समयदेखि नविकरण नभएकोमा क्रसर, बालुवा प्रशोधन तथा खानी उद्योगहरूले नेपाल सरकारलाई तिर्नुपर्ने कर दस्तुर तिर्न तयार भएको बताउँदै कर दस्तुर लिने व्यवस्था मिलाई उद्योगहरू नविकरण गर्न सम्बन्धित मन्त्रालयहरूलाई ध्यानाकर्षण गराएको छ ।