काठमाडौँ । अमेरिका–इजरायलसँगको युद्धका क्रममा इरानले झण्डै २ सय ७० अर्ब अमेरिकी डलर बराबर क्षति बेहोरेको अनुमान गरिएको छ ।
युद्धपछि इरानले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोरेको प्रारम्भिक अनुमान गरिएको हो ।
रुसको समाचार संस्था आचआईए नोभोस्तीलाई दिइएको अन्तर्वार्तामा (मङ्गलबार प्रकाशित) इरानी सरकारकी प्रवक्ता फातेमेह मोहाजेरानीले भनेअनुसार, फेब्रुअरी २८ देखि सुरु भएको अमेरिका–इजरायल युद्धपछि इरानले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति व्यहोरेको प्रारम्भिक अनुमान गरिएको छ ।
दोस्रो चरणको वार्ताको तयारी चलिरहँदा आक्रमणका कारण भएको क्षतिको क्षतिपूर्ति आफूले पाउनुपर्ने माग इरानले दोहोराएको छ । इरान आफ्नो अडानमा कायमै रहेका बेला द्वन्द्व अन्त्य गर्न मध्यस्थता गर्ने प्रयास भने जारी छ ।
मङ्गलबार संयुक्त राष्ट्रसङ्घका लागि इरानका दूतले पाँचवटा क्षेत्रीय देशहरूले क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् ।
ती देशहरूको भू–भाग इरानविरुद्ध आक्रमण सुरु गर्न प्रयोग गरिएको आरोप उनको छ ।
इरानले होर्मुज जलमार्गमार्फत क्षतिपूर्तिको व्यवस्थापन गर्नुपर्ने अवधारणा अघि सारेको छ। यसअन्तर्गत होर्मुज जलमार्गमार्फत आवतजावत गर्ने जहाजहरूमाथि कर लगाउने ‘होर्मुज जलडमरू प्रोटोकल’को प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्