काठमाडौँमा यसरी मनाइयो विश्व खाद्य स्वच्छता दिवस (तस्बिरहरू)


काठमाडौँ । आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । ‘खाद्य स्वच्छता लगानी बढआौं, अप्रत्याशित पूर्वतयारी गरौं’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर यस वर्षको विश्व खाद्य दिवस मनाइएको हो ।

खाद्य स्वच्छता र गुणस्तरको महत्वलाई आम जनमानसमा पुर्याउन विभागले पन्ध्र वर्ष अघि देखि सुरू गरेको खाद्य स्वच्छता दिवसको अभियानलाई समर्थन हुने गरी कोडेक्स एलिमेन्टेरियस कमिशन, खाद्य तथा कृषि संगठन र विश्व स्वास्थ्य संगठन को प्रस्तावमा सन् २०१८ डिसेम्बर २० का दिन संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष जुन ७ का दिन विश्व खाद्य स्वच्छता दिवस मनाउने निर्णय गरेको थियो ।

विभागले विगतजस्तै यो वर्ष पनि सप्ताहव्यापी रूपमा दिवस मनाएको हाे । विश्व स्वास्थ्य संगठनको अध्ययन अनुसन्धान अनुसार तरकारी फलफूलमा जीवनाशक विषादीको अवशेष, पशुपन्छी खाद्य पदार्थमा एण्टिबायोटिक अवशेष, खाद्यान्नमा ढुसीजन्य विशालुको समस्या रहेको औल्याउदैँ स्वास्थ्य तथा सवल जनशक्ती राष्ट्र निर्माणको महत्वपुर्ण आधार स्तम्भ भएकोले समग्र देश विकासका लागि समेत स्वच्छ र सन्तुलित खानपान अपरिहार्य रहेको विभागले जनाएको छ ।

सन् १९५१ को नोभेम्बरमा नेपालले खाद्य तथा कृषि संगठनको सदस्यता पाएको थियो । नेपालले पनि सन् १९८१ मा ‘उब्जनी बढाऔं, सन्तुलित खाना खाऔँ, बढी जोगाऔँ’ भन्ने नाराकासाथ पहिलो खाद्य दिवस मनाएको थियो ।