मंगलबार नेप्सेमा हरियाली, ३३ अंकले बढ्यो


काठमाडौँ। साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहारो अंकले बढेको छ। नेपाल स्टक एक्सेचन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ३३.१५ अंकले बढेर २११५.२४ अंकमा पुगेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटै उपसमुहको सेयरमूल्य बढेको छ ।

आजको दिन नेप्सेमा कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको ३६ करोड ३० लाख ९२ हजार ९१० रुपैयाँको कारोबार भएको छ ।

मंगलबार बरुण हाइड्रो कम्पनी, ग्रिन भेन्चर, कुथुली बुखुरी स्मल हाइड्रो, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र अप्पर हेवा खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य क्रमश १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत, १० प्रतिशत र ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

साम्लिङ पावार कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको एक करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५५ करोड ५३ लाख ६१ हजार ७३९ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।