मंगलबार सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं । मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको छ ।