निसानको म्यागनाइट एसयुभिमा ४ वर्षसम्म नि:शुल्क इन्धन


काठमाडौँ। निसानका लागि नेपालको आधिकारिक वितरक पायोनियर मोटो कर्पले ‘बिग, बोल्ड, ब्युटिफुल र कारिस्माटिक’ एसयुभि निसान म्यागनाइटमा नयाँ योजना प्रस्तुत गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले निसान म्याग्नाइट गाडीको चार वर्षसम्म निस्शुल्क इन्धन ‘फ्रि फ्युल’ सहित अन्य विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, चार वर्षको लागि ‘फ्रि रनिङ कस्टु सहित महत्त्वपूर्ण बचतको मजा लिन सक्नेछन् । ब्रान्डले यस अफर मार्फत चालू आर्थिक वर्षको लागि निःशुल्क सडक करको व्यवस्था पनि उपलब्ध गरेको कम्पनीले जनाएको छ ।

Skip This