११ महिनामा ११ हजारभन्दा बढी विद्युतीय गाडी आयात


काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयात बढेको छ । चालु आर्थिक वर्ष (२०८०\८१) को ११ महिना (साउनदेखि जेठ) सम्म ११ हजार ९०८ विद्युतीय कार, जिप र भ्यान आयात भएको छ ।

भन्सार विभागले आज (शुक्रबार) सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ महिनामा मात्रै ३ हजार १९९ युनिट विद्युतीय सवारी आयात भएका छन्।

विभागको तथ्यांक अनुसार यी गाडीहरूको आयात मूल्य ८० अर्ब ८५ करोड रुपैयाँ छ । जसबाट सरकारले १३ अर्ब ६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

नेपालमा सबैभन्दा धेरै गाडी चीन, भारत, अमेरिका, इन्डोनेसिया, ,जर्मनी र कोरियाबाट भएको तथ्यांकले देखाएको छ ।

Skip This