नाडा अटो शोको स्टल बाँडफाँडः यी ४ ब्राण्डले पाए प्रिमियम स्टल


काठमाडौँ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो शो–२०२४ मा सहभागी हुने ब्राण्डलाई स्टल बाँडफाँड गरेको छ ।

लक्कि ड्र मार्फत गरिएको उक्त बाँडफाँडमा मुख्य हलको ११ ओटा स्टल विभिन्न कार ब्राण्डले पाएका छन् । हलको प्रवेशद्धार अगाडी रहने ४ वटा स्टल टाटा, हुन्डाई नेटा र स्काइवेलले पाएका छन् । अवलोकनकर्ताको अधिक चाप रहने यी स्टललाई प्रिमियम स्टल मानिन्छ ।

हल भित्रतर्फको स्टल जिएसी, सेरेस, नामी, लिप मोटर, राडार, किया र सिट्रोनले पाएका छन् । यस्तै बाहिर डोमभित्र स्टल बनाउनुपर्ने गरि दिपाल, ओमोडा, बीवाईडी र सुजुकीलाई बाँडफाँड गरिएको छ ।

नाडाका अनुसार आगामी भदौ ११ देखी १७ गतेसम्म भृकुटीमण्डमा अटो शो-२०२४ आयोजना हुँदैछ ।