आगामी आर्थिक वर्षमा ४५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छः मन्त्री बस्नेत


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पु¥याउने लक्ष्य राखिएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत उत्पादन ४५ सय मेगावाट पु¥याउने लक्ष्य राखेको बताएका हुन् ।

उनले आगामी १२ वर्षमा कुल विद्युत उत्पादन क्षमता २८ हजार ५०० मेघावाट पु¥याउने लक्ष्य राखिएको पनि जानकारी दिए । निजी क्षेत्रलाई विद्युत व्यापारमा संलग्न गराउन सरकारले कानूनी व्यवस्था गरेको उनले उल्लेख गरे । उनले ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने बताए । 

मन्त्री बस्नेतले सोलार लगायत वायु ऊर्जामा पनि काम गरिराखेको उल्लेख गरे । उनले ८०० मेगावाट सोलार उत्पादनका लागि पिपिएको काम गर्न लागिएको पनि जानकारी दिए ।