एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने


काठमाडाैँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएकाे छ । राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने एनसेलले जनाएकाे छ ।

एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति सबमिट गरेर नतिजा हेर्ने सकिने छ । बोर्डले नजिता प्रकाशन गर्न अन्तिम तयारी गरिरहेको छ ।

बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ । २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए ।

Skip This