एसईई नतिजा सार्वजनिक, ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण


काठमाडौँ । एसईई नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा सहभागी कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । २०८० सालको एसईई परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए।

परीक्षामा सहभागी विद्यार्थी मध्ये २ लाख ४२ हजार ९२ जना विद्यार्थीले मात्रै कक्षा ११ मा पढ्न पाउने भएका भएका छन् । जसमध्ये १८६ जनाले ४.० जिपीए ल्याएका छन्। बाँकी ५२.१४ प्रतिशत विद्यार्थी नन ग्रेडिङमा परेका छन्। यी विद्यार्थीले कक्षा ११ पढ्न पाउने छैनन्।

परीक्षामा सहभागी २२१ जनाको नतिजा रद्द भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। परीक्षाको नतिजा केही समयपछि वेवसाइटबाट हेर्न सकिने बोर्डले जनाएको छ ।

Skip This