विहीबार ८ अंकले घट्यो नेप्से


काठमाडौँ । साताको कारोबारको अन्तिम दिन सेयरबजार झिनो अंकले घटेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार विहीबार सेयर मापक सूचक नेप्से परिसूचक ८.२४ अंकले घटेर २०५१.९२ अंकमा झरेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये ३ वटा उपसमुहको सेयरमूल्य बढेको छ भने बाँकी १२० वटा उपसमुहको सेयरमूल्य घटेको छ ।

विहीबार नेप्सेमा नेपाल फाइनान्स लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको २२ करोड ७६ लाख ४१ हजार ८०९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन त्रिशुली जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ७.०९ प्रतिशतले बढेको छ ।

त्यस्तै नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ ।

कुल ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।