सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्छः सांसद दाहाल


काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा एमालेका संसदीय दलका नेता देवेन्द्र दाहालले सन्तुलित विकासका अवधारणाअनुसार बजेट विनियोजन हुनुपर्ने बताका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकमा उनले बजेटका लागि फागुनदेखि नै छलफल शुरु भएपनि कहाँ र कसले गर्छ भन्नेकुरा जानकारीमा नरहेको बताए ।

उनले छलफलबाट आएका सुझाव भन्दा पनि मन्त्रीले गोजीबाट निकाले योजना दिने र बजेट सोही अनुसार ल्याउने गरेको उल्लेख गरे । उनले ५० हजारका बजेट पनि संघ सरकारबाट विनियोजन हुनेकुरा लज्जाजनक रहेको बताए ।