४७ अंकले बढ्यो नेप्से, ४ अर्ब ५७ करोड रुपैयाँको कारोबार


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्चेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ४७.०४ अंकले बढेर २१००.४३ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहकै सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रकमको सेयर कारोबार भएको छ । कम्पनीको १२ करोड ३३ लाख ८५ हजार ५६९ रुपैयाँको कारोबार भएको छ ।

आजको दिन हिमालयन डिष्टिलरी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको सेयरमूल्य ८.५४ प्रतिशतले बढेको छ ।

त्यस्तै उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ६.४६ प्रतिशतले घटेको छ ।

कुल ३१५ कम्पनीको १ करोड १६ लाख ४५ हजार ९०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५७ करोड ६८ लाख ३१ हजार ७२० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।