सुयोग सहकारी संस्थाका अध्यक्षसहित ३ जना पक्राउ


काठमाडौँ । सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नम्बर २० पुल्चोक स्थायी घर भएका संस्थाका अध्यक्ष ४३ वर्षीय सुनिल महर्जन, ललितपुर महानगरपालिका वडा नम्बर १२ मंगलबजार स्थायी घर भएका संस्थाका उपाध्यक्ष ६० वर्षीया मलिका महर्जन र भक्तपुर महानगरपालिका वडा नम्बर ७ सूर्यविनायक स्थायी घर भएका संस्थाका सचिव ३७ वर्षीय अर्पण कवां रहेका छन् ।

उनीहरूमाथी सहकारीको ७ करोड १३ लाख रुपैयाँ हिनामिना गरेको आरोप छ । उनीहरुविरुद्ध गत चैत ७ मा जिल्ला प्रहरी परिसर ललितपुरमा ठगीसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अनुसन्धान भइरहेको थियो ।

उजुरी परेपछि सहकारी संस्थाका अध्यक्ष तथा अन्य पदाधिकारी फरार रहेकोमा प्रहरी टोलीले सोमबार बारा, ललितपुर र भक्तपुरको विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।