आइडियल यमुना सहकारीका सञ्चालक केबी उप्रेती पक्राउ


काठमाडौँ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवं आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक केबी उप्रेती पक्राउ परेका छन्। सहकारीको रकम हिनामिना गरेको अभियोगमा उनलाई महाराजगञ्ज प्रहरीले काठमाडौँको बालाजुबाट पक्राउ गरेको हो।

३० हजारभन्दा बढी बचतकर्ताको ८ अर्ब रुपैयाँ बचत रहेको आइडियल यमुना हाम्रो सहकारी संस्थाका अध्यक्ष उप्रेती विरुद्ध बचत रकम हिनामिनाको जाहेरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उप्रेतीसँगै सहकारीका अन्य सञ्चालकमाथि पनि बचतकर्ताहरूले उजुरी हालेका छन् ।

एमालेको केन्द्रीय सहकारी विभाग सचिव समेत रहेका उप्रेतीलाई पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो।