टियागो ईभी मनसुन मेला: पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टियागो ईभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्ने भएको छ ।

२१ असारदेखि २३ असारसम्म सञ्चालन हुने मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटा टियागो ईभी साट्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची र चाहनालाई मध्यनजर गरी थापाथली लगायत देशैभरिका शोरुममा मेला सञ्चालन हुने कम्पनीको भनाइ छ ।

मेलाबाट ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सेवा पाउने छन् ।

बिहान ९ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने मेलामा टेस्ट ड्राइभ र बुकिङमा स्योर सट गिफ्ट पनि प्राप्त गर्न सक्न कम्पनीले जनाएको छ ।