काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ०१ पैसा र बिक्रीदर १५३ रुपियाँ ६१ पैसा, युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ३० पैसा र बिक्रीदर १७४ रुपियाँ ९८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपियाँ ७८ पैसा र बिक्रीदर २०३ रुपियाँ ५८ पैसा छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ४७ पैसा र बिक्रीदर १०७ रुपियाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ १८ पैसा र बिक्रीदर १०८ रुपियाँ ६१ पैसा तोकिएको छ ।
यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७५ पैसा र बिक्रीदर ४० रुपियाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ४२ रुपियाँ ०१ पैसा र बिक्रीदर ४२ रुपियाँ १८ पैसा, केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५८ पैसा र बिक्रीदर चार रुपियाँ ६० पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६६ पैसा र बिक्रीदर ४१ रुपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ५६ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैस छ ।
कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ २७ पैसा र बिक्रीदर ४९९ रुपियाँ २२ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ८९ पैसा बिक्रीदर ४०७ रुपियाँ ४८ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ४२ पैसा र बिक्रीदर ३९८ रुपियाँ ९८ पैसा विनिमयदर तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्