फ्रान्सलाई हराउँदै स्पेन युरोकपको फाइनलमा, यमलको कीर्तिमान गोल


काठमाडौं । स्पेन युरोकप २०२४ को फाइनलमा प्रवेश गरेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो।

स्पेनका युवा स्टार लामिन यमलले युरोमा सबैभन्दा कम उमेरमा गोल गर्ने कीर्तिमान बनाएको खेलमा स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे।

खेलको नवौं मिनेटमै रान्डल कोलो माउनीले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए लामो समय टिकेन । २१औं मिनेटमा लामिन यमलले पेनाल्टी बक्स बाहिरबाट टप कर्नरमा उत्कृष्ट गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

त्यसकाे चार मिनेट अर्थात २५औं मिनेटमा डानी ओल्मोले गोल गर्दै स्पेनलाई २-१ को अग्रता दिलाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन ।

स्पेनन युवा स्टार यामलले १६ वर्ष ३६२ दिन हुँदा गोल गर्दै युरोकपमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडीको विश्व कीर्तिमान बनाए ।

जारी युरोकपमा स्पेन अपराजित छ। समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै समूह विजेता बनेर स्पेन अन्तिम १६ मा पुगेको थियो।

अन्तिम १६ मा जर्जियामाथि ४ गोल गर्दै क्वाटरफाइनलमा पुगेको स्पेन क्वाटरफाइनलमा जर्मनीलाई २-१ गोलले हराउँदै स्पेनले सेमिफाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको थियो।

स्पेनले इंग्ल्याण्ड र नेदरल्याण्ड्सबीचको दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिका लागि खेल्नेछ।

Skip This