उरूग्वेविरूद्ध सानदर जित निकाल्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा


काठमाडौं । उरूग्वेविरूद्ध सानदर जित निकाल्दै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइनलमा पुगेको छ। बिहीबार बिहान उरूग्वेविरूद्ध १-० गोलको जित निकाल्दै कोलम्बियाले फाइनलमा स्थान बनाएको हो।

नर्थ कारोलिनास्थित ब्याङ्क अफ अमेरिका स्टेडियममा बिहीबार बिहान भएको दोस्रो सेमिफाइनलमा जेफरसन लेर्माको एक मात्र गोलमा उरुग्वेलाई पराजित गर्दै कोलम्बिया २३ वर्षपछि कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ ।

जेफरसन लेर्माले ३९ औं मिनेटमा गोलले नै कोलम्बियाले फाइनलमा स्थान बनायो ।

पहिलो हाफको इन्ज्युरी समयमा ड्यानियल म्युनेज दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि कोलम्बिया दोस्रो हाफअघि नै १० खेलाडीमा सिमित भएको थियो।

दोस्रो हाफमा आक्रामक बनेको उरूग्वे खेलमा हाबी भएपनि गोल गर्न सकेन। दोस्रो हाफमा मैदान प्रवेश गरेको लुइज स्वारेजको प्रहार क्रस बारमा लागेर फर्किएको थियो।

अर्जेन्टिना भने क्यानडामाथि २–० को जित निकाल्दै यसअघि नै फाइनलमा पुगिसकेको छ। फाइनल खेल सोमबार बिहान हुनेछ।

Skip This