स्ट्याण्डर्ड चार्टर्ड बैंकले कोर बैंकिङ सिस्टम र मोबाइल बैंकिङ् एप आफ्नै चलाउँछ, गर्दैन खर्च


काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले कोर बैंकिङ सिस्टम र मोबाइल बैंकिङ्मा खर्च नगर्ने देखिएको छ । बैंकले आफ्नो कोर बैंकिङ प्रणाली र मोबाइल बैंकिङ एपमा कुनैपनि खर्च नगर्ने देखिएको हो ।

बैंक स्ट्याण्डर्ड चाटर्ड समूहद्वारा आफैँ विकास गरिएको कोर बैंकिङ प्रणाली प्रयोग गर्दै आएको छ। आफ्नै समूहद्वारा विकसित यस प्रणालीको प्रयोगका लागि बैंकले कुनै रकम खर्च वा भुक्तानी नगर्ने गरिएको जनाएको छ ।

सन् २०१७ देखि मोबाइल एप सुरु गरेको बैंकले एपमा पनि कुनै खर्च गरेको छैन । एससी माेबाइल एप पनि स्ट्याण्डर्ड चार्टर्ड समूहद्वारा नै विकसित गरिएको बैंकको आफ्नै मोबाइल बैंकिङ एप्लिकेसन हो।

कोर बैंकिङ प्रणालीजस्तै यस एपको प्रयोगका लागि पनि बैंकले कुनै रकम खर्च वा भुक्तानी गर्नु नपरेको बैंकले उपलब्ध गराएकाे विवरणमा उल्लेख छ ।