प्रधानमन्त्री प्रचण्डले पाएनन‍् विश्वासको मत, सरकार ढल्यो


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार ढलेको छ ।

प्रतिनिधि सभामा शुक्रबार राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नआएपछि उनकाे नेतृत्वको सरकार ढलेको हाे । बहुमतका लागि १३८ जना सांसदको साथ चाहिन्छ।

शुक्रबार २५८ जना सांसद उपस्थित रहेकोमा प्रधानमन्त्रीको प्रस्तावका पक्षमा जम्मा ६३ मत परेको छ भने विपक्षमा १९४ मत परेको सभामुख देवराज घिमिरेले बताए। प्रस्तावमा मत दिन्न भन्नेमा जम्मा १ मत परेको छ।

सभामुख घिमिरेले प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका छन्।

प्रधानमन्त्री दाहालले राखेको विश्वास मतको प्रस्तावका पक्षमा उनको दल नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी) ले मत दिएका छन्।

उनी २०७९ पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।